परिषद्को छन्दोबद्ध कविता वाचन सम्पन्न

पोखरा । ‘नेपाली भाषा शिक्षक परिषद कास्की, नेपाल’ को आयोजनामा माध्यमिक तहस्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । बालप्रभात बोर्डिङ स्कुलको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका ३१ जना प्रतियोगी विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रम शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपालहरि रानाभाटको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथिले परिषद्ले गरेका कार्यक्रमको प्रशंसा गरेका थिए ।

छन्दोबद्ध कविता वाचन कार्यक्रममा पोखरा माविकी प्रशंसा त्रिपाठी प्रथम, डायमण्ड माविकी पुनम भण्डारी द्वितीय, पोखरा चिसाखोला वेद विद्याश्रमका नवराज लम्साल तृतीय र केफ माविका आइसा पराई र ज्ञानसागर एकेडेमीका सरिस्मा बास्तोला सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

संस्कृत क्याम्पस बगरका क्याम्पस प्रमुख उपप्रा. डा. जगन्नाथ रेग्मी र छन्द बचाउ अभियानका अभियान्ता माधव वियोगी निर्णायक रहेको कार्यक्रममा सल्लाहकार सहप्रा. डा. यमनाथ तिमिल्सिना, बोधराज ढकाल, लोकचन्द्र खनाल, डोलराज अर्याल, दिनेश सापकोटा र बाल प्रभात बोर्डिङ स्कुलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर कुँवर लगायतले मन्तव्य दिएका थिए ।

परिषद्का सदस्य नारायण पराजुलीले संयोजन गरेको कार्यक्रमको सभापतित्व परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले गरेका थिए भने सञ्चालन सचिव सूर्य प्रसाद लम्सालले गरेका थिए ।

प्रतिक्रिया