बेन्जेमाले ‘म्याड्रिड डर्वी’ खेल्ने !

स्पेन । स्पेनिस क्लब रियल म्याड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमा शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडविरुद्धको खेलमा फिट हुने देखिएको छ । फरवार्ड बेन्जेमा चोटका कारण पछिल्लो दुई खेलमा उपस्थित छैनन् । उनले ला लिगामा रियल भालाडोलिड र च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगको एटलान्टाविरुद्धको खेलमा अनुपस्थित थिए ।

रियलले आफ्ना फरवार्ड बेन्जेमा म्याड्रिड डर्वीको खेलको लागि तयार भइसक्ने विश्वास लिएको छ । म्याड्रिड डर्वी ७ मार्चमा एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा वान्डा मेट्रोपोलिटानोमा हुनेछ । एट्लेटिकोविरुद्धको खेलअघि रियल सोसिडाडविरुद्धको खेलमा भने बेन्जेमा फिट हुनेमा शंका रहेको छ । रियल प्रशिक्षक जिनेदिन जिदानले पनि बेन्जेमाको विषयमा कुनै खतरा नमोल्ने बताएका छन् ।

उनी टोलीका लागि पहिलो रोजाईमा नै रहनेछन् । उनी यो सिजन रियलको शीर्ष गोलकर्ता हुन् । उनले यो सिजन १७ गोल गरिसकेका छन् । क्यासमिरोले ६ गोल गरेका छन् । बेन्जेमाको अनुपस्थितिमा रियलले मार्काे एसेन्सियो र भिनिसियस जुनियरलाई अग्रपङ्तिमा खेलाइरहेको छ । तर, यि दुई फरवार्डले पछिल्ला खेलमा गोल गर्न सकेका छन् । एसेन्सियोले पछिल्लो ३० खेलमा २ गोल गर्दा भिनिसियस जुनियरले अक्टोवर २१ देखि गोल गर्न सकेका छैनन् । मारियानो डियाजले कमै अवसर पाउँदा चोटका कारण इडेन हाजार्ड र रोड्रिगो गोएस चोटका कारण बाहिर छन् ।

प्रतिक्रिया