आइसिसीले विश्वव्यापी प्रत्यक्ष प्रसारण गर्ने

लण्डन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप छनोटको विश्वव्यापी प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ । आइसिसीले विश्वव्यापी लाइभको लागि सन् २०२३ अप्रिलसम्म सम्झौता गरेको छ । आइसिसीले विश्वकपका तीन प्रतियोगिता अन्तर्गत आइसिसी विश्वकप २०२३, वुमन्स टि२० विश्वकप र २०२३ र आइसिसी टि२० विश्वकप २०२२ का सबै छनोट प्रतियोगिता लाइभ हुने छ । कुल ५ सय ४१ खेल प्रत्यक्ष प्रसारण हुनेछन् । वुमन्सका १ सय ४५ खेल हुने छन् । ८० एसोसिएट देशका ४१ छनोटका खेलहरु हुने छन् ।

आइसिसीका पाँच क्षेत्रीय अफ्रिका, अमेरिका, एसिया, युरोप र इस्ट एसिया छनोट छन् । झन्डै ५० एसोसिएट देश पहिलो पटक विश्वव्यापी प्रतिस्पर्धामा सहभागी हुँदैछन् । हंगेरी, रोमानिया र सर्बिया पहिलो पटक आइसिसीको टि२० विश्वकप छनोट खेल्दैछन् । आइसिसी वुमन्स टि२० विश्वकप २०२३ छनोटको पथमा आठ टोली पहिलो पटक आइसिसीको प्रतियोगितामा डेब्यू गर्दैछन् । जसमा भुटान, म्यानमार, फ्रान्स, टर्की, फिलिपिन्स, बोत्सवाना, क्यामेरुन र मलावीले पहिलो पटक खेल्दैछन् ।

नेपालले आइसिसी विश्वकप छनोट सन् २०२३ सम्म तीन खेल खेल्नेछ । पुरुष टोलीले आइसिसी विश्वकप लिग–२ प्रतियोगिता खेलि रहेको छ । जुन सन् २०२३ सम्म चल्नेछ । पुरुष टोलीले सन् २०२२ मा टि२० विश्वकप ग्लोबल छनोट खेल्नेछ । महिला टोलीले आगमी सेप्टेम्बरमा टि२० विश्वकप २०२३ को लागि एसिया छनोट खेल्ने कार्यक्रम छ ।

प्रतिक्रिया