बिमा अभिकर्ता तालिम सुुरु

विराटनगर । कृषि तथा पशुुपक्षी बिमालाई सहज र प्रभावकारी वनाउन शुक्रबारदेखि विराटनगरमा कृषि तथा पशुुपक्षी बिमा अभिकर्ता अनलाइन तालिम सुुरु भएको छ ।
प्रधानमंत्री कृषि आधुुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङले आयोजना गरेको तालिममा ६० जनाको सहभागिता रहेको छ । तालिम तीन दिनसम्म सञ्चालन हुुनेछ । धान, मकै तथा माछा जोन कार्यक्रम सञ्चालन भइरहेको गाउँ तथा नगरपालिकाका युुुवालाई लक्षित गर्दै परियोजनाले तालिम सञ्चालन गरको हो ।

परियोजना कार्यान्वयन इकाई प्रमुुख विनोदकुुमार मण्डलले बिमा कार्यक्रम प्रभाकारी बनाउन परियोजनाले प्रत्येक वडामा एक जना अभिकर्ता रहने गरी तालिम आयोजना गरेको बताए । बिमाप्रति जानकार नभएका किसानलाई बिमाबारे जानकारी गराई बिमा कार्यक्रममा सहभागी गराउन तालिमले मद्दत पुुग्ने उनको भनाइ थियो ।
परियोजनाअन्तर्गत मोरङको रंगेली नगरपालिका तथा कटहरी र धनपालथान गाउँपालिकामा माछा जोन, रतुुवामाई नगरपालिका धान र जहदा गाउपालिकामा मकै जोन कार्यक्रम सञ्चालन हँुुदै आएको छ ।

प्रतिक्रिया