खोजखबर

‘सरकारले अविचलितरुपमा राष्ट्रका लागि काम गर्छ’

सौर्य अनलाइन २०७७ फागुन १४ गते २०:१७ मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले अविचलित रुपमा राष्ट्रका लागि काम गर्ने बताएका छन् । वरिष्ठ संगीतकार अम्बर गुरुङको जन्मजयन्तीका अवसरमाा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नै आगामी दिनमा पनि अविचलित रुपमा राष्ट्रका लागि काम गर्ने बताएका हुन् ।

उनले राजनीतिमा तहमाथि हुनु स्वभाविक भएको भन्दै यसले मुलुकको विकासको बाटोलाई कुनै अप्ठेरो नहुने जिकिर गरे । मन्त्री गुरुङले अदालतको फैसला सर्वस्वीकार्य हुने र अदालतको फैसला अनुसार नै ओली नेतृत्वको सरकार अघि बढ्ने उल्लेख गरे । मुलुकमा देखिएको अराजक राजनीति धेरै दिन टिक्क नसक्ने भन्दै मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने बाटोमा नेकपा प्रतिवद्ध रहेको धारणा राखे । त्यस्तै उनले राजनीतिलाई अनुशासनको बाटोमा हिंडाउनुपर्ने बताए । मुलुकको नाम विश्वमाझ चिनाउने संगीतकर्मीलाई राज्यले अग्रभागमाा राखेको उनले बताए । कार्यक्रममा वरिष्ठ संगीतकार अम्बर गुरुङले संगीत दिएको गीत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय