इन्भेस्टमेन्ट बैंक ३६औँ वर्षमा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक स्थापनाको ३५औँ वर्ष पार गरेको छ । देशका सातै प्रदेशमा फैलिएका ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १३० एटीएममार्फत बैंकले गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

३५ वर्षको अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा संगठित क्षेत्र, साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत गरी १२ लाख बढी ग्राहकलाई सेवा पुर्‍याइरहेको जनाएको छ ।

यस अवधिमा १६९ अर्बको निक्षेप संकलन तथा १५५ अर्ब रुपैयाँको कर्जा पोर्टफोलियो कायम गरेको छ । बैंकले विपन्न वर्ग तथा राष्ट्रिय राष्ट्रिय प्राथमिकताका क्षेत्रमा बैंकिङ सुविधा उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पुर्‍याउँदै आएको जनाएको छ । बैंकले ५ अर्ब बढीको देशभरि वित्तीय आवश्यकता बढी रहेका ३० हजार बढी व्यक्तिलाई सिधै लघुकर्जा उपलब्ध गराएको छ ।

बैंकले वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्यकर्मीका लागि उचित ब्याजदर प्रवद्र्धनात्मक कर्जा योजना पनि सुरुवात गरेको जनाएको छ । बैंकले डेबिट कार्ड, ईएमआईसहित क्रेडिट कार्ड, लकर, ई–कमर्स (ई–कम)/अनलाइन भुक्तानी र एसएमई/खुद्रा कर्जा आदि बैंकिङ सेवाहरूमा ६५ प्रतिशतको विशेष छुट प्रदान गर्ने जनाइएको छ ।

प्रतिक्रिया