भारतीय र चिनियाँ राजदूतले भेटे कांग्रेस सभापति देउवालाई

काठमाडौं । भारतीय राजदुत विनय मोहन क्वात्रा र चीनकी राजदूत होउ यान्छीले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका छन् । दुवैले देउवा निवास बूढानीलकण्ठ पुगेर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

संसद विघटनविरुद्ध अदालतमा १३ वटा रिट परेका थिए । ती रिटउपर फैसला सुनाउँदै सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो । हिजै नेकपा (प्रचण्ड–नेपाल समूह) का अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल पनि देउवा निवास पुगेर देउवासँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया