नरेन्द्र मोदी स्टेडियमको यस्ता छन् विशेषता

अहमदावादं । भारतको अहेमवादमा रहेको विश्वकै ठूलो क्रिकेट स्टेडियमको नामाकरण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नामबाट भएको छ । यसअघि मोटेरा स्टेडियम नाम रहेकोमा बुधबार स्टेडियमको उद्घाटनपछि नरेन्द्र मोदी स्टेडियम नामाकरण गरिएको हो । भारतका राष्ट्रपति रामनाथ कोभिन्दले स्टेडियमको उद्घाटन गरे । भारत र इंग्ल्याण्डबीच तेस्रो टेष्ट सुरु हुनुअघि विशवकै ठूलो क्रिकेट स्टेडियममको उद्घाटन गरिएको हो । जसको दर्शक क्षमता १ लाख १० हजार रहेको छ । भारतका गृहमन्त्री अमितेश शाह, खेलकुद मन्त्री किरेन रिजुजु लगायत अन्य विशिष्ट व्यक्तित्वको उपस्थितिमा राष्ट्रपितले स्टेडियममको उद्घाटन गरे ।

‘हामीले देशको प्रधानमन्त्रीको नाममा यस स्टेडियमको नाम राख्ने निर्णय गरेका हौँ । यो मोदी जी को ड्रिम प्रोजेक्ट थियो ।’ मेलवर्न क्रिकेट स्टेडियमको आर्किटेक्ट फर्म पपुलोउसले नै यस नयाँ स्टेडियमको बर्किटेक्ट तयार पारेको हो । भारत र इंग्ल्याण्डबीच हुने तेस्रो टेष्ट मोटेरा स्टेडियममा खेलाइनेछ । जुन विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम हो । तर सबैखाले प्रतियोगिता हुने स्टेडियममा विश्वकै ठूलो स्टेडियम भने उत्तर कोरियाको प्योङयाङमा रहेको रनग्राडो फस्ट अफ मे स्टेडियम हो । जसको क्षमता १ लाख ५० हजार रहेको छ । जुन फुटबल, एथ्लेटिक्स र मास गेमको लागि प्रयोग गरिन्छ ।

गुजरात क्रिकेट एसोसिएसनमा रहेको यस स्टेडियमको दर्शक क्षमता १ लाख १० हजार रहेको छ । यसअघि अष्ट्रेलियाको मेलवर्न क्रिकेट ग्राउण्ड विश्वको धेरै दर्शक क्षमता भएको स्टेडियम थियो । मेलवर्नको दर्शक क्षमता एक लाख रहेको छ । अहेमवादमा रहेको मोटेरा स्टेडियम ६३ एकर जमिनमा फेलिएको छ । यसलाई यसअघि सरदार पटेल स्टेडियम र गुजरात स्टेडियमको रुपमा पनि चिनिन्थ्यो । सन् २००६ देखि २०१५ सम्म उक्त स्टेडियमको क्षमता ५४ हजार थियो । २०१५ मा यसलाई भत्कायर नयाँ स्वरुपमा निर्माण गरिएको हो । २०२० मा यसको निर्माण कार्य सम्पन्न भएको थियो । यसका लागि झण्डै ८ सय करोड भारतीय रुपैयाँ खर्च भएको छ ।
स्टेडियममा कूल ७६ कर्पोरेट बक्स रहेको छ । जसमा हरेकको क्षमता २५ रहेको छ र सबै कर्पोरेट बक्स एअर कन्डिसनसहितको छ ।

यस्तै उक्त भेन्युमा ३ हजार कार र १० हजार दुई पाङ्ग्रे पार्किङ गर्न सकिनेछ । दर्शक क्षमता मात्र नभएर यहाँको पार्कि क्षमता पनि विश्वकै ठूलो रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यस्तै यस स्टेडियममा मैदान आफैँमा उत्कृष्ट बनेको छ । साथै त्यहाँ क्रिकेट एकेडेमी लगायत अन्य खेलको लागि सुविधा रहेको छ । यस्तै स्टेडियममा एलइडी लाइट्स जडान गरिएको छ । यस्तै ५५ अत्याधुनिक क्लबहाउस, जिमखाना, पुल, थ्री डि प्रोजेक्ट थियटर पनि रहेको छ ।

प्रतिक्रिया