कुमारी बैंक र जीवन्त एडभान्सबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेडले जीवन्त एडभान्स काठमाडौं इमेजिङसँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा जीवन्त एडभान्सका तर्फबाट प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता–पत्र अनुसार जीवन्त एडभान्स काठमाडौं इमेजिङमा एमआरआई, सिटी स्क्यानलगायत अल्ट्रा साउन्ड् शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना देशव्यापी १ सय ९२ शाखा सञ्जाल, १ सय ६२ एटिएम, २२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएकोे र आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया