नेप्सेमा २१ अंकको गिरावट

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) मा २१ दशलमव १६अंकले गिरावट आएको छ । बजार खुलेको शुरुवातदेखि नै बिक्रीको चाप देखिएको सेयर बजारमा आधा घण्टापछि केही बढ्ने संकेत देखिएपनि ११ बजेर ४० मिनेटमा २ हजार ५ सय ८१ दशलमव ७९ बिन्दूमा पुगेपछि पुनः तीव्र गति आरोलो लागेको थियो । सोमबारको तुलनामा मंगलबार १ बजेसम्म ८७ दशलमव ९९ अंकले घटेको थियो । तर बजार बन्द हुने बेलामा भने केही सुधार भएर नेप्े २ हजार ५ सय ८६ दशमलव ५१ अंकमा सिमित रहेको हो ।

बढेको बजारमा नाफा बुक गरि बिक्री गर्नेको चापले सेयर बजार ओरालो लागेको हो । सेयर बजारका टे«डिङ समुह बाहेक सबै उपसमूह ओरालो लागेपछि सबै परिसूचक राताम्य भएका हुन । सोमबार सकारात्मक सर्किट ब्रेकर लागेको नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकको सेयरमा ऋणात्मक सर्किट ब्रेकर लागेको छ । ८ अर्ब ५६ करोड रुपैयाको सेयर कारोबार भएको सेयर बजारमा मंगलबार बैकिङ समुहको सुचकाँंक ७ दशमलब ७२ ले घटेर १ हजार ८ सय ६९ दशलमव २६, जलविद्युत समुहको सुचकांक १२ दशमलव ४७ ले घटेर २०५७ दशमलब ७०मा आएको छ । त्यसैगरी ननलाइफको सुचकमा ५२ दशमलव शुन्य ४ र लाइफ समुहको सुचकांकमा २० दशमबल २ अंकले गिरावट आएको छ ।

उच्चतम अंकबाट बजार फराकिलो अन्तरले घट्न थालेपछि लगानीकर्ताहरुमा ‘बियरिस ट्रेण्ड’ त सुरु भएन भन्ने कुरालो पिरोल्न थालेको छ । विश्लेषकहरु भने बजार करेक्सन भएको बताउछन । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि अदालतमा मुद्दा चलिरहेको छ । अदालतमा सुनुवाइ सकिइसकेको र फैसला मात्रै आउन बाँकी रहेकोले पनि बजारमा राजनीतिक अन्योल हावी भएको आकलन गरिएको छ । फैसला पुनस्थापनको पक्षमा हुन्छ भन्ने र विघटनले निरन्तरता पाउँछ भन्ने दोधरको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रधान सेनापति पुर्णचन्द्र थापाबीचको भेटले बजारमा शंकाको बातावरण सृजना भएको छ । प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठक डाक्नु जस्ता कुराले संकटकालको संभावन संगै बजार ओरालो लागेको हो ।

प्रतिक्रिया