संविधानविरुद्ध षड्यन्त्र र शासन गर्ने ओलीको दुस्साहस खारेज : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता गगन थापाले संसद संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दुस्साहस खारेज भएको बताएका छन् ।

ओली सरकारको संसद विघटन गर्ने निर्णय सर्वोच्च अदालतले उल्ट्याएर संसद पुनःस्थापनाको फैसला गरेपछि थापाले यस्तो बताएका हुन् ।

‘हामी सबैलाई बधाइ, संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । अदालतको विना भय र दवाव, विवेकसम्मत् रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ’, उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया