ताराको ‘लाली ओठैमा’ सार्वजनिक

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘लाली ओठैमा’ को भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युबबाट सार्वजनिक गरिएको गीतमा गायक स्वरुपराज आचार्य र गायिका रचना रिमालको स्वर रहेको छ । गीतमा संगीत राजनराज शिवाकोटी र संगीत संयोजन उदयराज पौडेलको छ । ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा अभिनेता पल शाह, गरिमा शर्मा र कुमार न्यौपानेको अभिनय छ । रमेश थापाले निर्देशन गरेको भिडियोलाई करण चैसिरको छायांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोको चन्द्र विनायक फिल्म प्रोडक्सनमा पोस्ट प्रोडक्सनको काम गरिएको हो । चपली हाइटका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका छन् ।

गीतको भिडियोलाई दर्शकले मनपराउने विश्वास गीतकार तारा अधिकारीको छ । निर्देशक रमेश थापाले गीतको भाव अनुसार नै भिडियोमा ग्रामीण परिवेश देखाउन खोजिएको बताए । गीतकार अधिकारीको यसअघि ‘सपना र सुनौलो तारा’ एल्बम बजारमा आइसकेको छ ।

प्रतिक्रिया