पोषणमैत्री पालिका बनाउन पौष्टिक आहार वितरण

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकालाई पोषणमैत्री गाउँपालिका बनाउन सुनौला हजार दिनका आमालाई अण्डा, घिउ र मह वितरण गर्ने कार्य सुरु भएको छ ।

पछिल्लो समय कुपोषणको सिकार हुने वालवालिकाहरुको अवस्था मध्यनजर गर्दै भविष्यमा बालवालिकाहरुलाई कुपोषण नहोस भन्ने मुख्य उद्येश्य र आमा तथा वालवालिकाको स्वास्थ्य दृष्टिकोणले स्वच्छ रहोस् भन्नका लागि गाउँपालिकाको निर्णय बमोजिम आइतबारबाट अण्डा वितरणसहित अन्य पोषणयुक्त खानेकुराहरु गर्भवती महिलालाई वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँईले बताए ।

शुभकालिका गाउँपालिका–१ देखि ८ सम्मका सबै वडाहरुमा रहेका स्वास्थ्य चौकीमा गर्भवती महिलाहरु गएर सेवा लिन सक्नेछन् । आइतबार मात्र शुभकालिका गाउँपालिका वडा नं. ५ र ६ का २० जना गर्भवती महिलाहरुले सेवा लिएका छन् ।
गर्भवती महिलाले हरेक पटक चेकजाँच गर्न गएवापत पोषिलो खाने कुरा अण्डा दिने र अण्डा नखाने महिलाहरुलाई स्थानीय उत्पादनको घिउ र मह दिने निर्णय भएको गाउँपालिका स्तरिय पोषण सुधार समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले बताए ।

पहिलो पटकको सुत्केरी जाँचमा एक क्यारेट अण्डा, दोस्रो, तेस्रो र चौथो पटक सहित गर्भवती भइसकेपछि पनि चेकजाँच गराउन स्वास्थ संस्था गए अण्डा, घिउ र मह दिने गाउँपालिकाको निर्णय भएको चौलागाँईले जानकारी दिए ।

विकट कर्णाली अनी कर्णाली भित्रको पनि कालिकोट जिल्लाको भौगोलिक दृष्टिकोणका आधारमा विकट मानिने शुभकालिका गाउँपालिकाभित्र गर्भवती महिलाहरुले पोषिलो आहाराको रुपमा विभिन्न किसीमका पोषिला खानेकुरा पाउने भएपछि हर्षित देखिएका छन् ।

कुपोषणको सिकारमा यहाँका बालवालिका नपुरुन, महिला तथा बालबालिकाको स्वास्थ्यमा कुनै समस्या नदेखिओस् भनेर विभिन्न संघ संस्थाहरुले कार्यक्रम चलाएपनी प्रभावकारीता देखिएको छैन । तर स्थानीय सरकार आफैले पालिका स्तरमा कुपोषणको समस्या टार्न कार्यक्रम लागु गरेपछी नागरिकहरुमा केही आशा पलाएको छ ।

शुभकालिकामा आयुर्वेद औषधालय संचालन

शुभकालिकामा आयुर्वेद औषधालयको आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । स्वास्थ्य चौकीमा वितरण गरिने अधिकांस औषधीहरु नागरिक रुचाउदैनन् ।

कतिपय रोगको उपचार आयुर्वेद औषधिबाट हुन्छ । शुभकालिकाको १ देखि ८ सम्मका वडाहरुका ६० वर्षभन्दा माथिका वृद्धवृद्धाहरु तथा अन्य नागरिकहरुलाई पालिका स्तरमा सेवा सुविधा दिनका लागि आयुर्वेद औषधालय संचालन गरिएको छ ।

कालीकोट जिल्लाका स्थानीय तहमा पाइने अमला, बकाईनो, हर्रो, बर्रो गुर्जो जामुन, कुरिल्लो जस्ता विभिन्न जडिवुटिहरु संकलन गरि विभिन्न रोगिहरुको उपचार गर्ने लक्ष राखिएको आयुर्वेदका वरिष्ठ बैद्य लक्ष्मीप्रसाद पाण्डेले बताए ।

आयुर्वेद शाखाले स्थानिय स्थरमा पाईने विभिन्न किसिमका जडिवुटिहरु संकलन गरि औषधि उत्पादन गर्नेछ । विभिन्न आयुर्वेद औषधिहरु शुभकालिकामा संचालित आयुवेद्र औषधालयबाट निःशुल्क वितरण गरिने कुरा गाउँपालिका अध्यक्ष चौलागाँईले बताए ।

वाथरोगीहरुको लागि स्टीम वाथ संचालनमा ल्याएको छ । वाथ रोगिहरुको लागि जुनसुकै बेला पनि स्टीम बाथ गर्नको लागि शुभकालिका गाउँपालिकाले आयुर्वेद औषधालयले सुरु गरेको हो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया