नबिल बैक र फेवान सम्झौता

काठमाडौ । नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ (फेवान) वीच ब्याज अनुदान, लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्झौता गरेको छ। यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमलाई बैंकबाट प्रदान गरिने लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पु¥याउनेछ। यसका साथै ती उद्यमीले फेवानबाट वित्तीय सल्लाह र विकास सहयोग पाउने छन्। यस साझेदार अन्तर्गत बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ ।

सम्झौतामा बैंकको तर्फबाट एस.एम.ई. तथा लघुबित्त प्रमुख निरज कुमार बस्नेत र फेवानको तर्फबाट अध्यक्ष रीता सिंहाले हस्ताक्षर गरेका छन । साझेदारीको बारेमा बस्नेतले बैंकले महिला सशक्तिकरणलाई अत्यधिक प्रोत्साहित गर्ने र महिला उद्यमीलाई दिगो उत्पादनमा बृद्धि र रोजगारी सिर्जनाकालागि आवश्यक सीप विकास गर्न सजिलै वित्तियपहुँच प्रदान गर्दै महिलालाई सहयोग पुर्याउने कार्यमा अगाडि बढेको बताए । त्यसैगरी फेवानकी अध्यक्ष रीता सिंहाले महिलाको पूर्ण सहभागिता बिना शान्ति, समृद्धि, प्रगतिहुन सक्दैन। महिला उद्यमीलाई वित्तिय पहुुँचका माध्यमबाट सहयोग गरेकोमा बैंकप्रति कृतज्ञ ब्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया