सिटिजन्स बैंकको विशेष साधारण सभा

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छैठौं विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सबै सुरक्षात्मक उपाय अवलम्बन गरी डिजिटल प्लाटफर्म जुम मार्फत बंंैकको छैठौं विशेष साधारण सभा संचालन गरेको थियो ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडललाई प्राप्ति गर्नका लागि गरेको विशेष प्रस्ताव पारित गरेको हो । सभाले तिनाउ र सिटिजन्स बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । तिनाउको १ सय कित्ता शेयरलाई सिटिजन्सको ९६ कित्ता शेयर दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ ।

यसै बीच, नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउको पनि सम्पन्न वार्षिक साधारण सभाले आफनो बैकलाई सिटिजन्स बैंकमा प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ । दुबै बैंकको विशेष सभाले स्वीकृति दिएसँगै सिटिजन्सलाई तिनाउ प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।

प्रतिक्रिया