एनएमबि बैंकको नाफा साढे एक अर्ब

काठमाडौ । आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रयमासमा एनएमबि बैंकको खूद नाफा १ अर्ब ६१ करोड पुगेको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीका लागि वितरण योग्य नाफा १ अर्ब ५१ करोड रहेको छ । सोही आवको दोश्रो त्रयमास सम्ममा बैंकको कूल निक्षेप १ खर्ब ४९ अर्ब र कूल कर्जा सापट १ खर्ब ४४ अर्ब पुगेको छ । बैंकले चालु आबको ६ महिना भित्रमा निक्षेपमा १४.६१ अर्ब र कर्जा तथा सापटमा २१.८८ अर्बले वृद्घि गरेको छ । वाणिज्य बैंकको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेप तर्फ ३.८६ प्रतिसतबाट बाट वृद्घि भई ३.९५ प्रतिसत र कर्जा तर्फ ४.१९ प्रतिसतबाट वृद्घि भई ४.४३ प्रतिसत पुस मसान्त सम्म पुगेको छ ।

त्यसैगरी, निक्षेपमा भएको वृद्घिमा बचत निक्षेपको हिस्सा ६५ प्रतिसत रहेको छ । कर्जा तथा सापट वृद्घि हुनुमा मुख्यतः कृषि, उर्जा, साना तथा मझौला कर्जा आदिको योगदान रहेको छ । बैंकले पौष मसान्त सम्ममा कूल ३ हजार २ सय ३७ ग्राहकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । पुस मसान्त सम्ममा बैंकको पूंजी कोष अनुपात १३.६८ प्रतिसत रहेको छ भने निष्किृय कर्जाको अनुपात २.३८ प्रतिसत रहेको छ ।

बैंक विगत ४ वर्षमा ३ पटक ‘द बैंक अफ दि इयर’ बाट सम्मानित भएको छ । विश्व बैंक अन्तर्गत रहेको आइएफसी बाट दोश्रो पटक पुनः अमेरिकी डलर २ करोड ५० लाख कर्जाको लागि समझदारी गरिसकेको छ । नेपालमै उक्त संस्थाबाट दुई वर्षमा लगातार कर्जा लिने यो एक मात्र बैंक भएको पनि विज्ञप्तिमा उल्लेख छ । बैंकले गत वर्ष र यो वर्ष गरि दुई वटा विकास बैंकलाई मर्ज÷प्राप्ती गरीसकेको छ । बैंकको देश भरीमा १८० वटा शाखा, ९ वटा एक्सटेन्सन काउन्टर र १३५ वटा एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको पनि जनाएको छ ।

प्रतिक्रिया