एनआईसी एशियाको नाफा २ अर्ब

काठमाडौ । एन आई सी एशिया बंैक लिमिटेडले चालु आ.व. २०७७/७८ को दोस्रो त्रयमासीक अवधिमा २ अर्ब ६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैकको अपरिष्कृत वित्तीय विवरणमा सो कुरा उल्लेख छ । बैंकले दोस्रो त्रयमासीमा वार्षिक प्रति शेयर आम्दानी ३५ दशमलब ७३ आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको सोही अवधीको तुलनामा २.२ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई बैंकको स्व–पुँजीमा प्रतिफल २२.६६ प्रतिशत रहेको छ ।

बैंकको दोस्रो त्रयमाससम्ममा कर्जातर्फ ५९.३१ अर्बले वृद्धि भई कुल कर्जा रकम २ सय ३३.०८ अर्ब पुगेको छ । जुन मुलुकका वाणिज्य बैंकमा सोही अवधिमा भएको करिब ३ सय १० अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको २२ प्रतिशतको हिस्सा रहेको छ । बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ ६७.३० अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन २७६.२० अर्ब पुगेको छ ।

यो अवधिमा भएको करिब ३०७ अर्बको कुल वृद्धिमा बैंकको हिस्सा १९ प्रतिशत रहेको छ । यस विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई गत वर्षको अन्त्यमा ०ं.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई दोस्रो त्रयमाससम्ममा ०.४३ प्रतिशतमा झार्न बैंक सफल भएको विज्ञप्तिभमा उल्लेख छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको छ । सोही अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत कर्जा यस प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । बैंकले अवलम्बन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकका प्रमुख १० ग्राहकको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.३३ प्रतिशत मात्रै रहेको छ ।

बैंकले मुलुकभर रहेका ३ सय ३९ शाखा कार्यालय, ४ सय ७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिग मार्फत बैंकिग सेवा प्रदान गर्दे आइरहेको छ । बैकमा २२ लाख भन्दा बढी ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक उत्साहप्रद रहेका बैकले जिकिर गरेको छ ।

प्रतिक्रिया