बैकको नाफा घट्यो

काठमाडौं । सञ्चालनमा रहेका २७ मध्ये २६ वाणिज्य बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा नाफा घटेको छ । कोभिड १९ को कारण बैंकहरूमा भएको अधिक तरलताले गर्दा बैंकको ब्याज खर्च बढेको र अधिक तरलताले गर्दा बैंकहरूको कर्जा खोसाखोसको अवस्था सँगै नाफा घटेको हो । आफ्नो व्यवसाय जोगाउन बैंकले कर्जाको ब्याजदर घटाए पनि न्युट्रल फन्ड राख्नुभन्दा कम कम स्प्रेडमा भए पनि कर्जा लगानी गर्न भएको प्रतिस्पर्धाले स्प्रेड रेट घटेको छ । यस्को प्रभाव बैंकको आम्दानीमा देखिएको हो ।

बैंकहरूले व्यवसाय विस्तार गरेर ब्याजबाट प्राप्त हुने आम्दानी बढाए पनि न्युट्रल फन्ड धेरै हुँदा बैंकको निक्षेपको लागत बढ्ेको थियो । सोही कारण बैंकको खुद ब्याज आम्दानी नै घटेको छ । २०७६ पुस मसान्तमा २६ वाणिज्य बैंकले ३० अर्ब २१ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २९ अर्ब ३२ करोड ४३ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ दशलमव ३१ प्रतिशतले कम हो ।

बैंकले कोभिडको प्रभावका कारण प्रभावित उद्योग व्यवसाय अझै पूर्ण रुपमा सञ्चालनमा नआउँदा प्रोभिजन पनि बढाएको देखिन्छ । अर्कोतर्फ बैंकमा अधिक तरलता रहँदा ब्याज खर्च बढेको र ब्याज खर्च बढेको छ । स्प्रेड रेटमा संकुचनको कारण खुद ब्याज आम्दानी पनि घटेको छ । यस्ले बैंकको खुद नाफा घटाएको बिज्ञहरुले बताएका छन । पुस मसान्तको वित्तीय विवरणले बैंकहरूको वास्तविक चित्रण गर्न नसक्ने वित्तीय क्षेत्रका जानकारहरूको भनाई छ । बैंकले प्रकाशित गरेको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणलाई गत आर्थिक वर्षको सोही अवधिको वित्तीय विवरणसँग तुलना गर्न नमिल्ने पूर्वबैंकर अनलराज भट्टराईले बताएका छन ।

प्रतिक्रिया