उपभोग्य वस्तुको मुल्य अकासियो

काठमाडौं । उद्योगी व्यवसायीले आफुखुसी उपभोग्य वस्तुको मुल्य बृद्धि गरेका छन् । सरकारी निकायले बजार अनुगमन नगर्दा उपभोग्य वस्तुमा मूल्य बढेको हो । बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मुल्य बृद्धि हुँदा सर्वसाधारण मारमा परेका छन् । कोभिड १९ संक्रमणले बेरोजारी भइ आर्थिक अवस्था कमजोर भएका वेला बजारमा उपभोग्य वस्तुको मुल्य बृद्धि हुँदा सर्वसाधारणको जनजीवनमा प्रभावित बनेको छ । अहिले बजारमा दैनिक खाद्य वस्तु चामल, दाल, चिनी, तेल र हरियो तरकारीमा समेत मुल्य बृद्धि भएको छ । पछिल्लो समय संसद विघटनसँगै सरकारले चुनाव घोषण र देशमा राजनीति द्धन्द बढेपछि उद्योगी व्यापारीले त्यसको फाइदा लिएको उपभोक्ता अधिकार मञ्चमा अध्यक्ष माधव तिमल्सनाले बताए । बजार अनुगमन गर्ने सरकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको प्रभागकारी अनुगमन नहँुँदा सधै उद्योगी व्यापारीबाट उपभोक्ताले ठगिनु गरेको उनको भनाइ छ । विभागको प्रदेश र स्थानीय तहसँग राम्रो समन्वयन रहेको देखिदैन । बजार अनुगमन भएपनि उपभोक्ताले अनुभुति हुने गरी भएको छैन ।

सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएकै कारण दैनिक उपभोक्ता ठगिन बाध्य भएका छन । बजारमा चिनीको मूल्य हप्ता दिनमै प्रतिकेजी २ रुपैयाँका दरले बृद्धि भइसकेको छ । चिनी उद्योगीले प्रतिकेजी २ देखि ३ रुपैयाँ मुल्य बढाउँदा बजारमा व्यापारीले प्रतिकेजी ८ देखि १० रुपैयाँ सम्ममा बढाउने गरेका छन् । अहिले व्यापारीले चामलको बोरामा २ सय रुपैयाँ बढी मुल्य बढाएका छन् । हरियो तरकारीमा त्यस्तै अवस्था रहेको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले चिनी उद्योगले मनपरी चिनीमा मुल्य बृद्धि गरेको बताए । उनले चिनी उद्योगी मनलाग्दी मुल्य बढाउन हप्ता दिन अघि ८५ रुपैयाँ पाउने चिनी अहिले बजारमा ९० देखि ९५ रुपैयाँ पुगेको उनको भनाई छ । चालु आर्थिक वर्षको ६ महिनामा मात्र १ सय हजार मेट्रिक टन चिनी आयात भएको छ । उखु क्रसिगको समयमा एक्कासी चिनी उद्योगीले चिनीको मुल्य बढाउनु पर्ने कारण देखिदेन । चिनी उद्योगीले अनावश्कय चिनीमा बृद्धि गरेको मुल्यलाई तत्काल बजार अनुगमन गरी नियन्त्रण गर्नुपर्ने अध्यक्ष महर्जनको भनाइ छ । उनले पछिल्लो समयको राजनीति द्धन्दका कारण उद्योगी व्यापारीले आफुखसी उपभोग्य वस्तुमा मुल्य बृद्धि गरीरहेको बजार अध्ययनले देखाएको छ ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राज कुमार श्रेष्ठले चामल, दाल,तेल, चिनी लगायतका खाद्य वस्तुको मुल्य बृद्धि भएको बताए । मुल्य बढाउनु पर्ने कुनै कारण नभएपनि ठुला उद्योगी व्यवसायले मनपरी मुल्य बृद्धि गर्ने गरेको उनको भनाइ छ । सरकारले ठुला उद्योगी व्यवसायलाई अनुगमन नगर्ने सधै साना खु्रद्रा व्यापारीलाई मात्र केन्द्रित हुनु हुँदा उपभोक्ता र साना खुद्रा व्यापारी दुवै मर्कामा पर्ने गरेको बताए ।

प्रतिक्रिया