खेल-खेलाडी

सेफिल्डसँग म्यानचेस्टर युनाइटेड पराजित

सौर्य अनलाइन २०७७ माघ १५ गते ८:५१ मा प्रकाशित

काठमाडौं । इंग्लिस प्रिमियर लिग (ईपीएल)को उपाधि दावेदार म्यानचेस्टर युनाइटेड बुधबार रातिको खेलमा सेफिल्ड युनाइटेडसँग पराजित भएको छ। ओल्ड ट्राफोर्ड रंगशालामा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्डसँग २–१ गोलको हार बेहोरेको हो।

खेलको २३ औं मिनेटमा गोल गर्दै सेफिल्डका कियन बायर्नले सुरुआति अग्रता बनाएका थिए। उनले बनाएको अग्रतासँगै पहिलो हाफमा सेफिल्ड एक गोलले अघि रह्यो।

तर दोस्रो हाफको ६४ औं मिनेटमा म्यानयूका ह्यारी म्यागुरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। सेफिल्डका ओलिभिए बुर्केले ७४ औं मिनेटमा गोल गर्दै पाहुना टिमलाई संघर्षपूर्ण जित दिलाए।

हारका बाबजुद म्यानयू ईपीएल अंकतालिकाको दोस्रो स्थानमा छ। उसले २० खेलबाट ४० अंक बनाएको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४१ अंकका साथ शीर्षस्थानमा छ। यता पराजित सेफिल्ड भने पुछारबाट पहिलो स्थानमा छ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय