ओलीमाथि घनघोर षड्यन्त्र

न्हुंछेनारायण श्रेष्ठ

ओली सरकारले नागरिकहरूको आमूल परिवर्तन गर्ने, शान्ति सुरक्षा र सुशासनको प्रत्याभूत गर्ने, छिमेकी देशहरूसँग सम्बन्ध सुधार्ने लगायतका कार्यहरू गर्दै अघि बढी नै रहेको थियो । तर, सत्ता र स्वार्थ बोकेका आफ्नै पार्टीका केही नेताहरूका कारण सरकार र पार्टी नेतृत्वमाथि नियोजित घनघोर प्रहारहरू भइरहेको कुरा अहिले आएर छर्लंगै भएको छ ।

विपक्षीहरूको सधैं कम्युनिस्ट र कम्युनिस्ट सरकारप्रतिको गलत धारणा रहेको पाइन्छ । भन्ने गरिन्छ विश्वमा बामपन्थीहरूको सरकार बन्यो भने मुलुक अस्थिरतातर्फ लाग्दछ । उनीहरूले भन्ने गरेको बुर्जुवा शिक्षा, लोकतन्त्र, समानता र साम्यवाद व्यवहारमा पटक्कै लागू हुनसक्दैनन् त्यसैले विश्वका थोरै मात्र देशहरूमा यिनीहरूको बाहुल्यता रहेको पाइन्छ । क्षणिक रिस, राग र व्यक्तिगत स्वार्थका कारण पार्टी टुक्रयाउने, एकले अर्कालाई सिध्याउने, आरोप, प्रत्यारोप लगाउने यिनीहरूको बानी नै हो । यस्ता नेताहरूले सत्ता र सरकार बनाउने, गिराउने काममा धेरै समय बिताउँछन् ।

आफू नेतृत्वमा रहँदा सिन्को भाँच्न नसक्नेले अरूले सत्ता या नेतृत्व पाउने वितिकै असंवैधानिक, जनविरोधी, राष्ट्रघातीको आरोप यिनीहरूले लगाउने पुरानै चलन हो । राजनीतिमा साम, दाम, दण्ड सबै प्रयोग गर्नुपर्दछ भन्ने चाणक्य नीतिलाई यिनिहरूले आफूले गर्दा सबै ठीक अरूले त्यही चिज गर्दा बेठिक हुने तर्क राख्दछन् । निर्वाचनमा पनि आफू र आफ्नो दलले जिते निष्पक्ष अर्को दलले जिते धाँधली, किनबेच भन्ने गर्दछन् । नेपालमा नेपाल कम्युनिस्ट पार्टी गठन भएदेखि यता पद, सत्ता र कुर्सीकै मोहमा कैयौापटक कम्युनिस्ट पार्टी फुटेका छन् । कैयौँपटक जुटेका पनि छन् । सबैको लक्ष्य साम्यवाद र माक्र्सवाद र लेनिनवाद भएता पनि व्यवहारमा भने त्यस्तो कदापि देखिँदैन । सर्वहारा वर्गको पक्षपाती कम्युनिस्ट पार्टीहरू कुन बेला अवसर आउँछ अनि फाइदा लिउँ भन्ने उद्देश्य लिई बाटो कुरेर बसेका हुन्छन् भन्ने आरोप पनि लाग्ने गरेको देखिन्छ । अर्कातर्फ कम्युनिस्टहरूले शासन गर्न पाएको खण्डमा ठुलै परिवर्तन गरिदिन्छन् । देशमा भएका जुनसुकै समस्याहरू समाधान गर्ने, देशमा भइरहेको विकृति, विसंगति, कुसंस्कार आदिको अन्त्य गरी समतामूलक समाज निर्माणको काम कम्युनिस्टहरूले मात्रै गर्नसक्दछन् भन्ने उदाहरण पनि नभएका होइनन् । बालक, युवा, वृद्घवृद्घाहरूको आवाज र समस्या छिट्टै समाधान गर्ने गर्दछन् । तिनीहरूको समस्या समाधानको लागि वृद्घ भत्ता, निःशुल्क शिक्षा आदीको व्यवस्था गरिदिएका हुन्छन् । लोकतन्त्र, गणतन्त्रलगायत जुनसुकै बेला पनि साम्यवादको मन्त्र लिई अघि बढेका हुन्छन् कम्युनिस्ट पार्टीहरू ।

नेपालमा कम्युनिस्ट पार्टीको सरकार मनमोहन अधिकारीको पालामा नौ महिना सरकार चलाउँदा जति चर्चा र स्यावासी कमाएको थियो त्यसपछि कम्युनिस्टहरूको एकल नेतृत्वमा सरकार सञ्चालन भएको अवस्था अहिलेको हो तर पनि बीचबीचमा मिलीजुली सरकार, संयुक्त सरकारमा पनि कम्युनिस्टहरूको दल समावेश भएता पनि उल्लेख्य काम भएको विरलै पाइन्छ । नयाँ संविधान घोषणापश्चात २०७४ असोज १७ गते बाम गठबन्धन भई चुनावी कार्यगत एकता भई भएको निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी यतीखेर चर्चाको केन्द्रविन्दुमा रहेको छ । चर्चाको केन्द्रविन्दुमा रहनुको मुख्य कारण हो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन । उनी ०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै देशमा लामो समयदेखि रहेको राजनीतिक अस्थिरताको अन्त्य भएको थियो । देश विकास र समृद्घि मुख्य उद्देश्य लिएको ओली सरकारले नागरिकहरूको आमूल परिवर्तन गर्ने, शान्ति सुरक्षा र सुशासनको प्रत्याभूत गर्ने, छिमेकी देशहरूसँग सम्बन्ध सुधार्ने लगायतका कार्यहरू गर्दै अघि बढी नै रहेको थियो । तर, सत्ता र स्वार्थ बोकेका आफ्नै पार्टीका केही नेताहरूका कारण सरकार र पार्टी नेतृत्वमाथि नियोजित घनघोर प्रहारहरू भइरहेको कुरा अहिले आएर छर्लंगै भएको छ ।

एमाले गठन गर्यो भनेर प्रधानमन्त्री केपी ओलीलाई आरोप लगाउनेहरू मध्ये माधवकुमार नेपालले एक कार्यक्रममा आफू नै असली एमाले भएको बताउनु हास्यादपद रहेको देखिन्छ । अहिले नेकपाको चर्चा भइरहेको र सो पार्टीको आधिकारिकताबारे विवाद भइरहेको समयमा नेकपा एमालेको नाम किन, कुन स्वार्थका लागि लिईयो ? अर्कातर्फ प्रचण्ड, नेपाल समूहले ओली पक्षको खोइरो खन्ने र ओली पक्षले प्रचण्ड र नेपालको खोइरो खन्ने काम किन भइरहेको छ ? भाई फुटे गंवार लुटे उखान जस्तै आफू आफूमै लडाइँ गरेर के तमासा देखाउन खोजेको हो ? पार्टीभन्दा माथि कोही हुन सक्दैनन् । पार्टी नीति र नियमअनुसार केपी ओली नचलेको आरोप लगाउने प्रचण्ड–नेपाल समूहचाहिँ पार्टी र नियमअनुसार कसरी चले सबैले बुझ्दैछन् । जबसम्म केपी ओलीसँग लिनुपर्ने कुराहरू थिए, मन्त्री, राजदूत, संवैधानिक नियोगका पदाधिकारीहरू लगायतका नियुक्ति सरुवा, बढुवा आदि गर्नुपर्ने काम थियो सबै प्रचण्ड– नेपालले भनेजस्तै ओलीले गरिरहे । नेकपाको पार्टीको बैठकमै एउटाले पार्टी सञ्चालन गर्ने र अर्कोले सरकार चलाउने सहमति भइसकेको परिवेशमा पार्टी एकताको कामै नगरी प्रधानमन्त्री विरुद्घ मोर्चाबन्दी गरी आफ्नै प्रधानमन्त्रीविरुद्घ संसद्मा अविश्वासको दर्ता गराउने पदच्युत गराउने, राष्ट्रपतिलाई महाअभियोग लगाउने सम्मको पूर्व तयारीलाई प्रधानमन्त्री केपी ओलीले समयमै बुझेका कारण यो अवस्था आएको हो भनिन्छ । अहिलेको परिस्थितिलाई प्रतिपक्षी नेपाली कांग्रेसले पर्ख र हेरको अवस्थामा बुझेको छ ।

उसले सरकारको संसद् विघटन गैरसंवैधानिक जनाएता पनि निर्वाचनमा जानुलाई सकारात्मक रूपमा लिएको छ । तर, नेकपाको एउटा समूहले आफ्नै पार्टीविरुद्घ सडक आन्दोलन गर्दै आफ्नो असली अनुहार देखाउँदै हिँडेको छ । पार्टी भित्रका कमीकमजोरी समाधान गर्ने कि एकले अर्कोलाई नंग्याउने होडबाजी खेल्ने ? गम्भीर प्रश्न उब्जेको छ । हुन त यो रोग नेपालका सबै राजनीतिक दलहरूमा नभएको होइन । अचम्मलाग्दो कुरा त जिउँदो हुँदासम्म सतोसराप र खुट्टा तान्ने, खोइरो खन्ने प्रवृत्ति त्यही नेताको अवसानपछि मेरो अभिभावक, समकक्षी, गुरु, त्यागी, वहाँ भइदिएको भए यस्तो उस्तो र नेपालको राजनीतिको ध्रुवतारा जस्ता उपमा दिई सार्वजनिक कार्यक्रममा आँशु झार्नसम्म पनि पछि पर्दैनन् । जनताको नाममा हामीले यो ग¥यौँ, त्यो ग¥यौँ भनेर घण्टौँ जनताकै आँखामा छारो हाल्न व्यस्त देखिन्छन् । जनताको बारेमा सोच्न नभ्याउने नेताहरू कि त पार्टी फुट्नुपर्छ कि त निर्वाचन नै आउनुपर्छ उनीहरूको बारेमा कुरा सुन्न । विकास भएका जति मैले, मेरो पहलमा, मेरो नेतृत्वमा, मेरो सरकारले गरेको भन्छन् । बिग्रेको, योजनामा परेर पनि काम गर्न नसकेको चाहिँ आफ्नै प्रतिद्वन्द्वी दलकै नेता, विपक्षि दलको नेतालाई आरोप लगाउने मात्रै होइन समय अभाव, पछि योजनामा परेको सम्म भन्न छुटाउँदैनन् ।

पार्टी फुट्दा एकथरी नेताहरूले ठूलै काम गरेजस्तै गरी नेवारी उखान जस्तै ‘माकफुइँ’ गर्छन् । आफ्नो गल्ती, कमीकमजोरी एकरती नदेख्ने अर्कोलाई सत्तोसराप गर्दै पत्तासाफ गर्नको लागि साम, दाम, दण्ड, भेद प्रयोग गर्दै नानाप्रकारका गालीगलौज, सडक आन्दोलन गरी विपक्षीलाई जरैदेखि मलजल गर्दछन् । सामान्य विषयको विवाद, पार्टी भित्रको अन्तर्कलह मिलाउन नसक्ने, आफ्नो पदीय हैसियतमा बस्न नसक्ने, पार्टी र सरकार सञ्चालन गर्न नसक्नेहरूले गर्नसक्ने भनेकै पार्टी फोड्ने त हो नि । सकेसम्म अरूको पार्टी फोड्ने, नसके आफ्नै पार्टी फोड्ने अनि दोषचाहिँ विदेशी एजेन्टहरूलाई लगाउने त पुरानै चलन भइसक्यो । लौहपुरुष गणेशमान सिंहले त्यसै भनेका होइनन् जनताहरू भेरा(भेडा) हुन भनेर । कुरो बुझ्नु छैन् त्यसै त्यसै दौडिने बानी भएकैले यसो भनेको हुनुपर्दछ । कोरोनाले ग्रस्त अवस्थामा हुलका हुल मानिसहरूको जुलुसले कोरोना नियन्त्रण होला त ? नेपालकै पहिचानका रूपमा रहेका जात्रा पर्वहरू कोरोनाकै कारण रोकिएका छन् तर राजनीतिक दलहरू भने जुलुस निकाल्न तँछाडमछाड गर्दैछन् भोलि कोरोना बढ्यो भने त्यसको जिम्मेवार को ? हिजोसम्म कोरोना नियन्त्रणमा सरकार असफल भन्ने प्रतिपक्षीलगायत सतापक्षकै नेताहरूले यसबारेमा कहिल्यै ध्यान दिएका छन् ? के यो आन्दोलन जनताको पक्षमा छ ? हुँदाहुँदा सरकार स्वयंले पनि आमसभाको घोषणा गरेको समाचार आएको छ । सरकारले आमसभा गरिरहनुपर्ने कारण के प¥यो ?, राम्रो काम गर्नलाई जुलुस र सभा नै गर्नुपर्ने हो र ? आमनागरिकहरू प्रश्न गरिरहेका छन् । अहिले कांग्रेसमै हेराँै न एकथरी निर्वाचनमा जानुपर्छ, अदालतको आदेश मान्नुपर्छ भनी हिँडेका छन् । अर्काथरी सरकारको असंवैधानिक कू को विरुद्घ आन्दोलन गर्नुपर्छ भनेर लागिरहेका छन् ।

प्रतिक्रिया