कृषिमा वैदेशिक लगानी विरुद्ध प्रर्दशन

काठमाडौं । कृषिमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने सरकारको निर्णयविरुद्ध कृषि तथा पशुपन्छीजन्य व्यवसाय सम्बन्धी ३७ संघसंगठनले बुधबार प्रदर्शन गरेका छन् । कृषिमा विदेशी लगानी संघर्ष समितिले सडकमै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उल्लेखित सबै संघ, एसोसिएसन, संगठन र महासंघको एक्वेबद्धता जनाएका थियो । सभामा संयोजक शिवराम केसीले विदेशी लगानी आउनु भनेको देशको दुर्भाग्य भएको बताए । देशको अर्थतन्त्र खस्किनुको साथै स्वरोजगार भएका किसान,उद्योगी व्यवसायीको समेत रोजिरोटी खोसिनेमा उनिहरुले जोड दिए ।

सबै एसोसिएसन तथा संघ महासंघका प्रतिनिधिले विदेशी लगानी भित्रिंदा समग्र किसान, उद्योगी व्यवसायी र अन्य धेरै क्षेत्रमा असर पर्ने, स्वदेशी उत्पादन प्रयोग नहुने, देशको अर्थ व्यवस्था धारासायी हुने, स्वरोजगार किसानहरु बेरोजगार हुने उदघोष गरे । राजनितिक तालमेल नमिलेको समयमा समेत लुकाई छिपाई विदेशी लगानी ल्याउनु औचित्यहिन भएको उनिहरुको भनाई थियो ।

पुस ५ को मन्त्रिपरिषद बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा अनुसूचि संशोधन गरी कृषिका प्राथमिक उत्पादन क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी गर्न सकिने व्यवस्था गरेको थियो । नेपाली भूमिहिन,सिमान्त, कृषि श्रमिक,महिला र साना किसान, कृषि उपज, उत्पादक र उद्यमीलाई बिर्सेर कृषिमा विदेशी लगानी ल्याउने निर्णय किसान र उद्योगीमारा हुनुको साथै देशको हितविपरीत रहेको उनीहरूको धारणा छ । नेपाल अण्डा उत्पादक संघ, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल डेरी एशोसिएसन, केन्दीय पशुपन्छी पालन सहकारी संघ, केन्द्रिय कृषि विऊ तथा तरकारी सहकारी संघ लगायत ३७ संघसंगठन विरोधमा उत्रेका थिए ।

प्रतिक्रिया