ओली र प्रचण्डलाई मिलाउने शक्ति मसँग छ : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मिलाउने शक्ति आफूसँग भएको बताएका छन् ।

आज (बुधबार) ‘नेकपा पार्टी एकता राष्ट्रिय अभियान’ घोषणाको क्रममा नेता गौतमले पार्टी विभाजनपछि रुष्ट भएका दुवै जना ओली र प्रचण्डलाई एकैतिर फर्काउने शक्ति भएको जिकिर गरेका हुन् ।

‘अहिले उहाँहरु दुईतिर फर्किनुभएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काउन सक्छु, केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन, प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो ।

म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो शक्ति मसँग छ’, नेता गौतमले भने । अघिल्लो निर्वाचनमा दुई ठूला कम्युनिष्ट पार्टी मिलेर निर्वाचनमा जाँदा ठूलो लहर आएको उल्लेख गर्दै गौतमले त्यतिबेला दुई पार्टीले ४३ लाख मत मात्रै आएको बताए ।

उजले भने, ‘यो तथ्यले बताउँछ कि हामी हार्छौं र बीचबाट उठेको काँग्रेस सरकारमा पुग्ने पक्का छ, तर, नेताहरू फुटाएर बहुमत ल्याउँछौँ भनिरहनुभएको छ ।’

साथै गौतमले भने, ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान ?’ संसद विघटनले नेपालको संस्कृति नै ध्वस्त भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया