प्रहरी अस्पतालमा ‘कोभिड–१९ खोप केन्द्र’

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘कोभिड–१९ खोप केन्द्र’ उद्घाटन गरिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर तथा प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले आज खोप लगाएर केन्द्रको शुभारम्भ गरेकी हुन्। सरकारबाट प्राप्त खोप पहिलो चरणमा अस्पतालका स्वास्थ्यकर्मी, सफाई कर्मचारी, सवारी चालकलगायत व्यक्तिहरूलाई लगाउने लक्ष्य रहेको डा.सिंहले बताइन्।

सरकारले तोकेको विभिन्न खोप केन्द्रमध्ये नेपाल प्रहरी अस्पताल दोस्रो ठूलो खोप केन्द्र हो। केन्द्रबाट स्वास्थ्य सेवासँग सम्बन्धित अन्य १८ वटा संघसंस्थाका व्यक्तिहरूलाई खोप लगाउने योजना प्रहरी अस्पतालको रहेको छ।

प्रतिक्रिया