जुम्लाको गोठी गाउँमा भीषण आगलागी, २८ घर जलेर नष्ट

जुम्ला । जुम्लाको तिला गाउँपालिकाको गोठी गाउँमा भीषण आगलागी भएको छ । आगलागीबाट २८ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको छ ।

प्रहरीले जनाएअनुसार २८ घर जलेको खबर आएको छ । आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टाको पैदल दूरीमा पर्ने उनले बताए । आगलागी भएको क्षतिबारे एकिन विवरण आउन बाँकी रहेको उनले जनाए ।

प्रतिक्रिया