नेपाल केम्पो खुकुरी मार्शल आर्टसको कर्णाली प्रदेश अध्यक्षमा सेजुवाल

सुर्खेत । राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने मुल नारालाई सार्थक बनाउदै नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघको कर्णाली प्रदेश अध्यक्षमा अम्मराज सेजुवाल निर्वाचित भएका छन् । नेपाल केम्पो खुकुरी मार्शल आर्टस प्रदेश स्तरिय भेला मंलवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको हो । कर्णाली प्रदेश भरीका सवै जिल्लाका खेलप्रेमी खेलाडी युवाहरुको सहभागीतामा नयाँ नेतृत्व चयन गर्दै भेला सम्पन्न भएको हो ।

भेलाले कालिकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नं ८ खेलाडी अम्मराज सेजुवालको अध्यक्षतामा २१ सदस्सीय नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघको प्रदेश कमिटी निर्वाचित गरेको छ । त्यस्तै प्रदेश संघमा कालिकोट जिल्ला वाटै उपाध्यक्ष आशा शाही र सदस्य अस्मितकुमार वम गरि ३ जनाको प्रतिनिधित्व रहेको छ ।

भेला नेपाल केम्पो खुकुरी मार्शल आर्टस संघका केन्द्रीय उपाध्यक्ष गोरख वहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको हो । भेलामा उपाध्यक्ष शाहीले कर्णाली प्रदेशमा खुकुरी मार्शल आर्टसका खेलाडीहरु व्यापक रुपमा उत्पादन गर्नु पर्ने र त्यसका लागि सरकारले सहयोग गर्नु पर्ने विचार राखेका युवा विद्यार्थी नेता अमित शाहीले जानकारी दिएका छन् । कार्यक्रममा नव निर्वाचित अध्यक्ष अम्मराज सेजुवालले अब नयाँ बिधि बिधानबाट संस्था अगाडि बढाउने बताउदै नयाँ खेलाडी उत्पादन तिर लाग्ने बताएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया