बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी १ सय रुपैयाँको दरले कुल १२ लाख कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्ने भएको छ ।

कम्पनीले यस आइपीओको क्रेडिट रेटिङ पनि गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । यसले ४ दशलमव ९९ मेगावटको लोवर टाडी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।

पहिलो चरणमा नुवाकोटका आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ बिक्री हुनेछ । बुद्धभूमि सन् २००७ मा स्थापना भएको कम्पनी हो । यो कम्पनीमा ७९ जना संस्थापक सेयरधनी रहेका छन् । स्थानीय र सर्वसाधारणलाई सेयर जारी गरिसकेपछि कम्पनीमा संस्थापक हिस्सा ७० प्रतिसत रहनेछ ।

प्रतिक्रिया