कर्णाली बैंक एनसीएचएलमा आवद्ध

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिग हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तर बैंक विद्युतीय भुक्तानी र कनेक्ट आरटीजीएस प्रणालीमा आबद्ध भएको छ । सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावतले हस्ताक्षर गरेका हुन ।

एनसीएचएल(आइपीएस प्रणालीमार्फत बैंकले ग्राहकको कुनै पनि खातामा भुक्तानी दिने र लिनेजस्ता अन्तर बैंक कारोबारहरु गर्न सक्छन । कनेक्ट आरटीजीएस प्रणाली मार्फत ठूलो मुल्यका र तत्काल गरिने भुक्तानी एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थामा गर्न सकिने छ । बैंकका ग्राहकले अब कनेक्ट आइपीएसको वेभर मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबार पनि गर्न सक्नेछन । कर्णाली विकास बैंक मध्य र सुदूर पश्चिमाञ्चलको पहिलो विकास बैंक हो ।

प्रतिक्रिया