एन आई सी एशियाको अनलाइनबाटै डेबिट कार्ड

काठमाडौ । एन आई सी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने प्रणाली सुरु गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधा ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो । ग्राहकलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको आईसर्भ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त आइसर्भ भित्र सेवाग्राहीले आफ्नो बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी भेरीफाई गरे पश्चात डेबिट कार्ड आवेदको प्रक्रिया अगाडी बढ्नेछ ।

यस प्रकृयामा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएस मार्फत रेफरेन्स कोड सहित जानकारी गराइनेछ । ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड तयार भएपछ् िबैंकले ग्राहकलाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था समेत गरेको बैकले जनाएको छ ।
बैंकले ल्याएको यस अनलाईन डेबिट कार्ड अनुरोध सुविधाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने झन्झटिलो परम्पराबाट ग्राहकलाई मुक्ति मिल्ने विश्वास बैकले लिएको छ । डिजिटल बैंकिगको सुनौलो अनुभवका निमित्त बैंकले हाल आएर आइसर्भलाई अझ बढी ग्राहकमैत्री एवं सरल बनाएर ग्राहक सामु ल्याएको जनाएको छ ।

यसमार्फत मोबाइल बैंकिग सेवा, ग्राहक सेवा, टेलर सेवा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । यसका अलावा बैंकले आफुलाई पूर्ण रुपले ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरुप निकट भविष्यमा सबै बैंकिग सुविधा आइसर्भ मार्फत गर्ने लक्ष्य लिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम कायम रहेकै बेला भीडभाड क्षेत्रमा जानु उपयुक्त नदेखिएकाले महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डको परिपालना गर्दै बैंकले भीडभाडलाई सकेसम्म न्युनीकरण गर्न पछिल्लो पटक अनलाईनमार्फत बैंकिङ्ग सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको पनि जिकिर गरेको छ ।

हाल बैंकको मुलुकभर रहेका ३ सय ३९ शाखा कार्यालय, ४ सय ७१ एटिएम, ८८ विस्तारित काउण्टर एवं ७८ शाखा रहित बैंकिग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आएको छ । २२ लाख भन्दा बढी ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक उत्साहप्रद रहेको पनि बैकले भनेको छ । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोड रुपैया भन्दा बढी राजश्व सरकारलाई भुक्तानी गरेको पनि जनाएको छ ।

प्रतिक्रिया