लालसलाम देख्ने बितिकै निरंकुश ओलीलाई पसिना आउँछ : माधव नेपाल

पाँचथर । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यकर्तालाइ अध्यक्ष ओलीको कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन । पाँचथर नेकपाले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन । ओली निरंकुश, जाली, झेलि रहेको बताउदै नेपालले भने, ‘अव पुरानो एमाले, माओवादी व्युँताउने कल्पना कसैले नगरे हुन्छ ।’ नेपालले ओलीका बानिव्यहोरा बारे सुनाएका थिए । नेपालले केपि कम्युनिष्ट नभएकोले लालसलाम देख्ने बितिकै पसिनाआउने बताए । नेपालले ओलीको बोली कम्युनिष्ट नभएर, ओली प्रबृति र सामन्तबाद भएको अरोप लगाए ।


नेपालले भने, ‘ओलि जी, गणतन्त्र विरोधी हुन, वयलगाडा चड्ने हुन, उनलाइ अब वयलगाडाको चिह्न हुनेछ ।’ नेपालले सुर्य चिह्न नेकपा हामीहरुको रहने दावी समेत गरे । निर्वाचन आयोगको निर्णय सुनाउदै नेकपाको वैधानिकता पाउने नेपालले दावि गरे । ओलीका पात्र सुवास नेम्वाङले संविधानका विषय र बिघटनबारे दिएको अभिव्यक्ती भाइरल भएको सुनाउदै नेपालले भने, ‘स्वाभिमानि मानिस भएकाले हामी सित आउन अनुरोध छ, नेम्वाङलाई स्वागत छ ।’ नेपालले वामदेव गौतमलाइ एकता अभियान भनेको एकादेशको कथाको संज्ञा दिए ।


नेकपाका स्थायी समितिका सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकरले नेतृत्व र व्याक्तित्वमा पारदर्शीता आवश्यकताको खाँचो रहेको बताएका छन । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले आजको अवस्था आएको भन्दै नेता शर्माले नेकपा अध्यक्ष ओलीको कम्युनिष्ट चरित्रसमेत नभएको बताए ।

शर्माले ७२ बर्षको कम्युनिष्ट आन्दोलनले बनेको सकारलाई चकनाचुर वनाइ दिएको र अव नयाँ कम्युनिष्ट पार्टीको स्थापनाकालागि आन्दोलनमा लाग्न भेला भएका अगुवा कार्यर्ताहरुलाई आग्रह समेत गरे । उनले ओलीले संबिधान च्यातिदिएर असंवैधानिक कदम चालेको शर्माको आरोप छ । शर्माले पार्टी एकताका आधारहरु उल्लेख गर्दै वैचारीक सहमतीमा बहुदलिय जनबाद उन्मुख हुदै गर्दा ओलीले स्थायी कमिटीको निर्णय विपरीत काम गरेकाले यस्तो अवस्था आएको जनाए । उनले अब नयाँ पुस्तालाइ नेतृत्व हस्तान्तरण गर्दै जाने र केपि प्रबृति विरुद्ध लडन तयार रहन आग्रह गरे ।


बृहत सभालाइ प्रदेश एकका भौतिक पुर्वाधार तथा योजना मन्त्रीका साथै पार्टी इञ्चार्ज, केन्द्रिय सदस्य ईन्द्रबहादुर आङवो ‘मौसम’ ले, केपि ओलीका भष्मासुरहरुले गाँउ–गाँउमा बिकास निमार्णका योजना वाँडदै र सुनाउदै हिडेको बताए । पाँचथरमा बिकास निमार्ण कति भएका छन ?, जनताले आगामी दिनमा मूल्याङकन गर्ने उनको भनाइ थियो । कमल जवेगुको अध्यक्षतामा भएको सभालाइ, तिवेन्द्रराज चापागाँईले स्वागत गरेका थिए । सभाहलको दायाबाँया पुरै सहभागीहरुले भरीभराउ थियो ।

 

प्रतिक्रिया