प्राइममा ‘कलेज लभ’

काठमाडौं । राजबहादुर साने निर्देशित टेलिशृंखला तथा वेवसिरिज ‘कलेज लभ’ को टे«लर सोमबार सार्वजनिक गरिएको छ । प्राइम टेलिभिजनमा २९ माघदेखि हरेक बिहीबार राति ९ बजे प्रसारण हुने ‘कलेज लभ’ युट्युबमा केके प्रोडक्सन हाउसमार्फत ल्याइने जनाइएको छ ।
सार्वजनिक ट्रेलरमा कलेजमा हुने गरेको आकर्षण, प्रेम, करिअरप्रतिको चिन्ता लगायतका विविध विषय प्रस्तुत गरिएको छ ।

टेलिशृंखलामा सुशील पोखरेल, हिउँवाला गौतम, प्रिया रिजाल, सुजल बम, शिशिर राणा, नवीन केसी, सयुज राई, पवन भट्टराई, शुभम गौतम, टेक बम, मुस्कान बुढाथोकी, विवश थापा, स्नेहा मगर, पूजा दर्नाल, अमृता थापा, आशा राई, सारा नेपाली, आकाश थापा, विष्णु श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

कुमार केसीको प्रस्तुत रहेको टेलिशृंखलालाई दिव्य सुवेदी र वीरेन्द्र परियारले खिचेका हुन् भने तारा थापा (किम्भे) ले सम्पादन गरेका छन् । लेखक समेत रहेका निर्देशक साने ‘कलेज लभ’ ले कलेज युवायुवतीको सोच, शैली, प्रेमप्रतिको आशक्ति तथा करिअरप्रतिको चिन्ता लगायतका विभिन्न विषयलाई मनोरञ्जनात्मक तवरले प्रस्तुत हुने दावी गरेका छन् ।

प्रतिक्रिया