अर्थबजार

ग्लोबल आइएमई र भण्डारा दूग्धउत्पादक सहकारी सम्झौता

सौर्य अनलाइन २०७७ माघ १२ गते २१:०६ मा प्रकाशित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषिअनुदानकर्जामा साना किसानको पँहुच बढाउने को लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुखविदुर ज्ञवाली र भण्डारा दूग्धउत्पादक सहकारी संस्थाकाअध्यक्ष डिल्ली प्रसादथपलियाले हस्ताक्षर गरेका हुन ।

सम्झौताअनुसार बैंकले भण्डारा लगायत चितवनका विभिन्न ठाउँमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन,माछापालन तथा विभिन्न तथा फलफूलको उत्पादन गर्ने कृषकलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

मुलुक भर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकल ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २ सय ६४ शाखा, २ सय ४० एटीएम, २ सय ४४ शाखा रहित बैंकिग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८ सय सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय