संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी हुन् : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विघटित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालीकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले अहिलेको अवस्थामा संसद् पुनःस्थापना नहुने माग गर्ने प्रतिगामी भएको आरोप लगाए ।

उनले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट कानूनी व्यवस्था गरिएको र प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद् विघटन गरेर क्रान्तिकारी कदम चालिएको उल्लेख गरे ।

ताजा जनादेशका लागि निर्वाचनको घोषणा भइसकेकाले त्यसका लागि तयार हुन सबै राजनीति दललाई गृहमन्त्री थापाले आग्रह गरे ।

प्रतिक्रिया