गृहमन्त्री बादललाई कालीकोटमा कालो बेलुन

कालीकोट । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादल कालीकोटमा आएका छन् । केपी समुहका नेपाल कम्युनिस्ट पार्टी नेकपाले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न कालीकोट आएका गृहमन्त्री थापालाई माधव प्रचण्ड समुहका कार्यकर्ताले कालो झण्डा र कालो बेलुन देखाएका छन् ।

केपी गुटमा रहेका गृहमन्त्री वादल सोमबार कालीकोट आईपुगेका छन् । उनी आएको हेलिकप्टर कालीकोटमा ल्याण्ड नगर्दै अर्को पक्षका कार्यकर्ताले कालो झण्डा र कालो बेलुन देखाएका हुन । करिव १५ मिनेट पछि कालो झण्डा र कालो बेलुन सुरक्षा निकायले नियन्त्रणमा लिएका हुन ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया