प्रचण्ड माधव समूहले घोषण गर्यो थप संघर्षका कार्यक्रम, माघ २८ मा काठमाडौंमा विशाल प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहले माघ २८ गते काठमाडौंमा विरोध सभा गर्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उक्त समूहले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो।

पार्टीको केन्द्रीय संघर्ष समितले माघ १३ गते काठमाडौंमा सिठ्ठी जुलुस, माघ १४ देखि २१ सम्म माइतीघर मण्डलमा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम गर्ने भएको छ।

माघ १६ गते जुलुससहित सहिद श्रद्धाञ्जली कार्यक्रम गर्ने र त्यसाका लागि १ बजे शान्तिबाटिकाबाट लैनचौर प्रस्थान गरी विरोध प्रदर्शन र सभा हुने तय भएको छ।

त्यसैगरी माघ १५ गते ( बुटवल, १६ गते ( विराटनगर माघ १७ गते धनगढीमा बिरोध सभा हुने तय भएको छ।

यस्तै, माघ २२ गते काठमाडौंमा युवा र्‍याली, माघ २६ गते देशव्यापी मसाल जुलुस निकाल्ने तय भएको छ।

प्रतिक्रिया