‘शिक्षामा पहुँच बढाउन अमेरिका प्रतिबद्ध छ’

काठमाडौँ । अन्तर्राष्ट्रिय शिक्षा दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०१८ जनवरी २४ का दिनमा संयुक्त राष्ट्रसंघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उपलक्ष्यमा आइतबारको दिनलाई अन्तर्राष्ट्रिय शिक्षा दिवसका रुपमा घोषणा गरेको हो । विश्वभर शिक्षाको महत्व उजागर गर्न आजको दिन अर्थात् हरेक जनवरी २४ मा यो दिवस मनाइन्छ । ‘शिक्षा दिवस नेपाल र नेपालीको गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्ने अभियानमा सहयोग गर्न हामी प्रतिबद्ध छौं । नेल्सन मन्डेलाले भन्नुभएकै छ ः शिक्षा नै एक त्यस्तो सबैभन्दा उपयुक्त हतियार हो जुन हामी संसार बदल्नका लागि प्रयोग गर्न सक्छौं,’ नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले ट्विटरमार्फत भनेका छन् ।

नोभेम्बर २०१९ बाट सुरु भएको कोरोना महामारीले पूरै विश्व उथलपुथल बनाएको छ । गत वर्षदेखि नै विद्यालय, विश्वविद्यालय, शैक्षिक संस्थाहरु तथा साक्षरता र जीवन उपयोगी सीप सिकाउने संस्थानहरु खुल्ने र बन्द हुने क्रम चलिरहँदा १९० देशका १.६ अर्ब विद्यार्थी पढ्न पाउने न्यूनतम अधिकारबाट वञ्चित भइरहेका छन् ।

यस वर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा ‘कोभिड–१९ को पीडिलाई पुनर्प्राप्ति र पुनर्जीवित गर्नुहोस्’ तय गरिएको छ । नेपालमा पनि कोभिडको महामारीमा विद्यालयहरु महिनौंपछि बल्ल खुल्न थालेका छन् । कोभिड-१९ ले ८७ लाख विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका थिए । विद्यार्थीको पढाइ सुनिश्चित गर्न र शैक्षिक सत्र खेर जान नदिन सरकारले विभिन्न कार्यक्रम ल्याएको छ । तर ती कार्यक्रमहरु भने प्रभावकारी हुन सकेका छैनन् ।

प्रतिक्रिया