गरिमा विकास बैंकको स्मार्ट टेलर सेवा

काठमाडौ । गरिमा विकास बैंक लिमिटेडले डिजिटल बैकिगलार्य थप प्रभावकारी बनाउदै विना चेकबुक मोबाईल बैकिगमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कान गरि पैसा झिक्न मिल्ने “स्मार्ट टेलर”को सुरुवात गरेको छ । हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध छ । तर बैंकले चाडै नै आफ्नो सबै शाखा कार्यालयबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ ।

डिजिटल बैकिगलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहकवर्गमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधि भित्राउन बैंक सधै तत्पर रहेको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएको पनि विज्ञप्तिमा उल्लेख छ । हाल बैंकले १०६ शाखा कार्यालय र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरिय बैकिग सुविधा दिदै आईरहेको छ ।

प्रतिक्रिया