प्रचण्ड–माधव समूहले ओलीलाई नेकपाको साधारण सदस्यबाट पनि हटायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले हटाएको स्रोतले जनाएको छ । ओलीले गत पुस ५ मा प्रतिनिधिसभा भंग गरेपछि नेकपा विभाजित भएको छ ।

गत माघ ५ गते प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बालुवाटारमा बुझाएको थियो । तर, ओलीले कुनै जवाफ दिएका थिएनन् ।

प्रतिक्रिया