नेकपाले माघ १७ गते धनगढीमा विरोधसभा गर्ने

कैलाली । धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहले विरोधसभा गर्ने भएको छ । नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सभाबारे जानकारी दिए । इन्चार्ज रावलले प्रतिनिधिसभा विघटनविरुद्ध हुने विरोध सभालाई सम्बोधन गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल धनगढी आउने समेत जानकारी दिए ।

‘व्यापक जनसहभागितासहित हामीले केपी ओलीको असंवैधानिक कदमविरुद्ध बृहत् प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘जनसभालाई केन्द्रीय कमिटीका २ अध्यक्षले सम्बोधन गर्ने तय भइसकेको छ । उहाँहरूलगायत अरू को–कोले सम्बोधन गर्ने भन्ने विषयमा हामीले तयारी गरिरहेका छौं ।’ यसअघि धनगढीमा नेकपा ओली समूहले सभाको आयोजना गरेको थियो । सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया