पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक विषय, प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रम र अस्ति (शुक्रबार) काठमाडौंमा भएको विरोध प्रदर्शनको समीक्षालगायतका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको स्पष्टीकरणको जवाफ नआएकाले उनलाई कारबाही गर्ने निर्णय हुने सम्भावना रहेको बुझिएको छ । गएको माघ २ गते बसेको नेकपाको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

गएको पुस ५ गते प्रतिनिधि सभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया