‘टी प्लस टु’ ले जोखिम बढने गुनासो

काठमाडौं । स्टक ब्रोकरहरुले आइतबारबाट लागू हुन लागेको ‘टी प्लस टू’ प्रणालीले आफूहरुको जोखिम गुणात्मकरुपमा बढ्ने भन्दै चिन्ता ब्यक्त गरेको छ । हाल ‘टी प्लस थ्री’ राफसाफ चक्रमै ठूलो आर्थिक जोखिम मोलिरहेको भन्दै ‘टी प्लस टू’ले गुणात्मकरुपमा जोखिम बढ्ने भन्दै नेपाल स्टक ब्रोकर एशोसियशनले यस्तो जोखिम न्यूनीकरणका लागि सबैको सहयोग जरुरी रहेको बताएको छ ।

पुँजी बजारको विकास र विस्तारका चरणका क्रममा सिडियस एण्ड क्लियरिङ लिमिटेडले ‘टी प्लस टू’ कार्यान्वयन गर्न लागेको हो । हाल दोस्रो बजारमा राफसाफसँग सम्बन्धित पूर्वाधार पूर्ण र स्वचालित भई नसकेको अवस्थामा लगानीकर्ताले ‘टी प्लस वान’ लागू गर्नुपर्ने माग गरिरहेको बेला ‘टी प्लस टू’ लागू गर्न लागिएको हो ।

एशोसियशनद्वारा जारी विज्ञप्तिमा भनेको छ, ‘बजारको विकास र विस्तारको सधै आशा गरिरहने हामी व्यवसायी यस्तो जोखिमको व्यवस्थापनको लागि आवश्यक पर्ने ठुलो आकारको राफसाफ प्रत्याभूति कोषको स्थापना, अक्सन मार्केट तथा सेक्यूरिटिज लेन्डिङ एण्ड बरोइङ मार्केटको संचालन, पावर अफ एर्टनि, अटो ईडीआईएसको व्यवस्था सम्बन्धित निकायले चाडै नै गुर्नपर्छ ’ ।

‘टी प्लस टू’ राफसाफ चक्रको सफल कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षले आ–आफ्नो जिम्मेवारी समयमै निर्वाह गनुपर्ने भन्दै स्टक ब्रोकर एशोसियनले राफसाफ प्रक्रियाको सुरुवात नै लगानीकर्ताहरुबाट हुने हुँदा ‘टी प्लस टू’ सफल कार्यान्वयनका लागी लगानीकर्ता अझ बढि जिम्मेवार हुनुपर्नेमा पनि जोड दिएको छ ।

प्रतिक्रिया