प्रधानमन्त्री कप : प्रदेश २ र सुदूरपश्चिम तथा वाग्मती र लुम्बिनी खेल्दै

काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा अहिले प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेश तथा वाग्मती र लुम्बिनी प्रदेश खेलिरहेका छन्। प्रदेश २ र सुदूरपश्चिमको खेल कीर्तिपुरको त्रिवि मैदानमा भइरहेको छ । टस हारेको प्रदेश–२ ले अहिले ब्याटिङ गरिरहेको छ । दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।

अहिलेसम्म खेलेका तीन खेलमा सुदूरपश्चिमले तीन वटैमा जित निकाल्न सकेको छैन भने प्रदेश २ ले पनि दुई खेल खेलेकोमा दुवैमा हार व्यहोरेको छ । यस्तै वाग्मतीले मुलपानी क्रिक्रेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेका छ ।

समूह ‘बी’ को शीर्ष स्थानमा रहेको वाग्मती आज चौथो जित निकाल्दै अपराजित यात्रा कायमै राख्न चाहन्छ । आजको खेल जिते वाग्मती सेमिफाइनलमा पुग्ने छ ।

तीन खेलमा तीनै खेल जितेको वाग्मती ६ अंककासाथ पहिलो स्थानमा छ । यस्तै, समूह ुबीु को दोस्रो स्थानमा रहेको लुम्बिनी ४ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया