कविता

वसन्त खनाल

बाजी खेलियो
साथी अनि म
घर
वन
स्कुल
बोल्न जानेदेखि
हिड्न थालेदेखि

तल्लो घरको

माथिल्लो घरको
कल्ले कस्को घरको
चिनी
मह
स्वायविन
कुराउनी
कनिका
घिउ
सलाई
लाइटर
सब चोर्नी

उसले तिम्रा घरको चोर्छु भन्यो
न मैले
तिम्रा घरको चोर्छु भने
नबोली–नबोली
घरी उ चोर्छ
घरी म चोर्छु
घरी उ – घरी म
चुपचाप स्विकार्छु

पनि त्यसरी नै स्विकार्छ ।
न उसका बाले
मलाई गाली गर्छन्
न मेरा बाले मलाई हकार्छन्
बाहरूलाई लाग्थ्यो होला ।
एक हराउँदा,
बदलामा दुई थपिएको कुराले
मज्जा पनि लाग्दो हो ।
कयौंपटक बा बोलेनन्,
आमा बोलेनन्
दिदी, दाइ, भाइ, बहिनी बोलेनन्
छिमेकी चुप लागेजस्तो गरे
किन ?
किन कि
छिमेक शान्त थियोे
मिलेका देखेर पनि
सायद,
हच्केका हुँदा हुन्
चोरीको शृङ्खला बढ्दै जाँदा

रिसायो
म पनि रिसाए
चोरेर लगेको
मेरो लाइटर
उसँग थियो ।
उसको घरको सलाई
मसँग ।
छिनको अन्तरमै
उसले मेरो घरमा

मैले
उसको घरमा आगो झोस्यौं
घर डढिसकेछ ।
परिवार रोइरहेको छ
बाँकी केही रहेन
तर पनि
अहिले
उ र म
बाजी जितेकोमा
दुवैले
डम्फु बजाइयौ
आ–आफ्नै
किन होला ?
हामी दुवै
चुपचाप अघोषित
बाजी खेलेका
खेलाडी ।

वालिङ, स्याङ्जा

प्रतिक्रिया