खोजखबर

३३ प्रतिशत महिलाको प्रतिनिधत्व गराइन्छः गोकुल बास्कोटा

सौर्य अनलाइन २०७७ माघ १० गते १८:१८ मा प्रकाशित

काभ्रे । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएका छन् ।

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको दुईदिने जिल्ला कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै पार्टीको जिल्ला सचिवालयमा पनि ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधत्व गराइने दाबी गरे ।

‘वडासम्मको पार्टी कमिटीमा अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ, त्यसमा पनि सक्षम महिलाको सहभागिता होस्’, नेकपाका केन्द्रीय सदस्य बास्कोटाले भने ।

उनले महिलाको नेतृत्व क्षमताको विकासमा पार्टीले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले यसअघि पार्टी सञ्चालनका दौरान महिला सहभागिता ‘छुट्ने–छुटाउने’ प्रवृत्तिको अन्त्य गर्न आग्रह गरे ।

बास्कोटाले हरेक कार्यक्रम, भेलामा पनि महिला सहभागितालाई सुनिश्चित गराउन सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए । बास्कोटाले पछिल्लो समय नेकपाको केही नेताको राष्ट्रियता र सामाजवाद भन्दा पदको कसरतले जनताको अभिमत चकनाचुर पारेको आरोप लगाए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय