खेल-खेलाडी

पीएम कप : आज पनि २ खेल हुँदै

सौर्य अनलाइन २०७७ माघ १० गते ८:५९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा शनिबार दुई खेलहरु हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विभागीय टिम एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । कर्णालीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ ।कर्णाली भने दोस्रो जितको खोजीमा हुनेछ ।

यस्तै मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । लुम्बिनी दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । सुदूरपश्चिम भने पहिलो जितको खोजीमा हुनेछ । समूह ‘बी’ को लुम्बिनी २ अंक जोडेर तेस्रो र अंक विहीन सुदूरपश्चिम पुछारमा रहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय