‘३ वर्षमा पनि केपी ओलीलाई सुधार्न सकेनौं’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन वर्षमा केपी ओलीलाई तह लगाउन नसकेको भन्दै आत्मालोचना गरेका छन् । नेकपा प्रचण्ड-माधव नेपाल समूहद्वारा काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा उनले यस्तो बताएका हुन् ।

उनले आफूले ओलीलाई सुधार्न नसकेको भन्दै आत्मालोचना गरे । उनले ओली प्रवृत्ति स्वीकार गर्ने भुल आगामी दिनमा नगर्ने प्रतिबद्धता जनाए । आफूहरुको उदारतालाई कमजोरी ठानेर ओली अगाडि बढेकाले आफू जनतामा आउनुपरेको उनले बताए ।

प्रतिक्रिया