‘केपी ओली कम्युनिस्ट पार्टीका भगौडा हुन्’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम सच्यान आम नेपाली सडकमा उत्रिएको बताएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले नेपाली जनताले सडक आन्दोलनबाट ल्याएको लोकतान्त्रिक गणतन्त्र र संविधानसभाबाट निर्माण गरिएको संविधानको रक्षा र कार्यान्वयन गर्न सडकमा उत्रनुपर्ने बाध्यता आएको बताए ।

‘क्रान्ति र प्रतिकान्तिका अनेकन घुम्ती पार गरेर जनताका मुद्धालाई कार्यान्वयन गर्न आएको पार्टी कहिल्यै पनि प्रतिगमनकारी कदमलाई स्वीकार गर्न सक्दैन,’ खनालले भने ।

उनले ७ दशक लामो कम्युनिस्ट आन्दोलन कहिल्यै नझुक्ने बताउँदै केपी ओली कम्युनिस्ट पार्टीका भगौडा भएको बताए । प्रतिकदमकारी कदम चाल्ने केपी ओलीले आफ्नो कदमलाई राजनीतिक कदम भने पनि त्यो प्रतिगमनकारी कदम रहेको बताए । प्रधानमन्त्रीले सँधै संविधानअनुसार चल्नुपर्ने उनले बताए ।

प्रतिक्रिया