अर्थबजार

अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने

सौर्य अनलाइन २०७७ माघ ९ गते ११:५९ मा प्रकाशित

काठमाडौं । एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । क्यापिटलले डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने जनगुनासो सम्बोधन गर्दै एक घण्टामै घाटा बनिसक्ने व्यवस्था गरेको हो । पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या बढ्दो क्रममा छ ।

एनआईसी एशिया अनलाइन डिम्याट सेवामा माघ मसान्तसम्म अनलाइनमार्फत डिम्याट खाता खोल्ने सर्वसाधारणलाई डिम्याट खाता निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । हाललाई यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध हुनेछ । यो सुविधा आइतबारदेखि बिहीबारसम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुनेछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय