प्रचण्ड–नेपाल समूहको प्रदर्शनका कारण उपत्यकामा सवारी व्यवस्थापन अस्तव्यस्त

काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको नेकपाले गरेको शक्ति प्रदर्शनले गर्दा उपत्यकामा भएको सवारी व्यवस्थापन अस्थव्यस्थ बनेको छ । आज नेकपाले गरेको विरोध जुलुसका कारणले उपत्यकाका सबै जसो सडकहरुमा ट्राफिक जाम भएको छ । काठमाडौंका विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा शक्ति प्रदर्शन हुने भएकाले ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्थापनमा त्यसैअनुसार तयारी गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बाहिरी जिल्लाबाट समेत प्रदर्शनमा सहभागी हुनेहरु आउने भएकाले गाडी आवतजावतमा विशेष ध्यान दिइएको महाशाखाले जनाएको छ । नेकपाको प्रचण्ड-नेपाल समूहले अहिले काठमाण्डाैको प्रदर्शनी मार्गकाे एकतर्फी सडकमा कार्यक्रम गर्ने ठाउँ बनाइरहेको छ ।

माइतीघर, डिल्लीबजारको चालखाल, लैनचौर, त्रिपुरेश्वर, शान्तिबाटिका, त्रिचन्द्र क्याम्पस, वाल्मीकि क्याम्पसलगायत ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डपमा शक्ति प्रदर्शनको रुपमा प्रदर्शन हुनेछ । उनीहरुको प्रदर्शनका कारण सडक अवरुद्ध हुने भएकाले गाडीहरुलाई आवश्यकताअनुसार डाइभर्सन गरिने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया