बाथरोग र यसका लक्षणहरू

डा. विनय रेग्मी

प्रायःजसो बिरामीहरू बाथरोगको चिकित्सककोमा आउँदा धेरै ढिला भएको पाइन्छ । नेपालमा एउटा डाक्टरले अर्को डाक्टरलाई रिफर गर्ने बानीको कमीले गर्दा सम्बन्धित रोगका बिरामीहरू सम्बन्धित चिकित्सककोमा नपुगेको कुरा सबैमा जगजायर नै छ । तसर्थ हामी सबैले समयमा बिरामी रिफर गरेको खण्डमा बिरामीले सही उपचार पाउने र बिरामीको खर्च पनि कम हुने देखिन्छ । बाथरोगको पहिचान गर्नलाई रगतचाँच, एक्सरे, सिटीस्यान, विभिन्न विधिहरू अपनाउन सकिन्छ तर, बाथरोगमा गरिने रगत जाँचहरू महँगा भएका कारणले निम्नवर्गीय परिवारलाई अस्पताल नआउने र जाँच नगर्ने हुनाले रोग अझ बढेर जान सक्छ ।

साधारणतया बाथरोग भनेको जोर्नी सुनिने र दुख्ने हो । योबाहेक बाथरोगका धेरै लक्षण हुन सक्छन् । लामो समय ज्वरो आउने, हातखुट्टा नीला तथा काला हुने, आँखा रातो हुने, अत्यधिक टाउको दुख्ने, आँखा र मुख अत्यधिक सुक्खा हुने, गर्भपतन तारन्तर हुने, छालामा डाबर (फोका)हरू आउने, मांसपेशी कमजोर हुने वा विभिन्न समस्या हुन सक्छन् । प्रायःजसो नेपालमा बाथरोग भनेको युरिक एसिड मात्र भन्ने बुझाइ छ । उक्त बुझाइ गलत हो । युरिक एसिड एकअर्काको बाथरोगमा पर्ने रोग हो । बाथरोग सयौँ किसिमका हुन्छन् । यीमध्ये केही बाथरोगका बारेमा हामीले यहाँ वर्णन गर्नेछौँ ।

१) गठिया बाथ : गठिया बाथ हुँदा बिरामीको हातका औँलाहरू दुख्ने गर्दछ । यसका अलावा हात तथा खुट्टाका औँलाहरू करकर खाने गर्दछ ।

२) लुपस बाथ : लुपस बाथ एउटा रोग हो । जुन बाथ पुरुषको तुलनामा महिलालाई धेरै हुने गर्दछ । यसले छाला, जोर्नीहरू दुख्ने, मुटु, फोक्सो र मिर्गाैलालाई खराब गर्ने गरेको पाइन्छ ।

३) ज्रोगेन सिन्डम : यो एकप्रकारको थुक निकाल्ने ग्रन्थीको रोग हो । यो बाथरोगका कारणले गर्दा मुख तथा आँखा सुक्खा हुने गर्दछ । जोग्रेन सिन्डम भएका विरामीको जोर्नीहरू दुख्ने, हातका औँला नीलो तथा रातो हुने गर्दछन् ।

४) ढाडको बाथ : यसलाई एसपिए स्पोनडाइलो आर्थेपेथीसमेत भन्ने गरिन्छ । ढाडको वाथ जवान पुरुषहरूलाई हुने गर्दछ । जवान पुरुषलाई बिहानी र रातीपख साथै रातको समयमा सुतेको बेलामा ओल्टेपल्टे फर्किन गाह्रो हुने गर्दछ । ढाडको बाथ भएका बिरामीहरूको हात तथा खुट्टाको जोर्नीहरू सुनिने र दुख्ने गर्दछन् ।

५) नशाको बाथ : नशाको बाथलाई भास्कुलाइटिससमेत भन्ने गरिन्छ । नशाको बाथ हुँदा बिरामीको औँलाहरू कालो हुने वा झरेर जाने गर्दछ । शरीरमा डाबरहरू आउने, अत्यधिक उच्च रक्तचाप हुने, अत्यधिक पेट दुख्ने, दिशाबाट रगत जाने आदी यस बाथका मुख्य लक्षणहरू हुन् ।
माथि उल्लेख गरिएका बाथबाहेक अन्य धेरै बाथ रोगका लक्षणहरू हुन् । यीबाहेक देखिने बाथहरूमा दरमाटो मायोसाइटिस, स्केरोसिस, साक्वइडोसिस र अन्य सयाैं बाथ रोगहरू हुन्छन् ।

माथि भनेअनुसार लक्षणहरूको कुरा गर्दा बाथरोगमा एउटै लक्षण नभई अनेकन लक्षणहरू देखापर्ने हुँदा यसको रोग पहिचान गर्नलाई बाथरोग विशेषज्ञद्वारा परामर्श लिन जरुरी हुन्छ । प्रायःजसो मानिसहरू नबुझिकन जोर्नी दुख्यो भन्दैमा अन्य चिकित्सक वा औषधी पसलमा परामर्श लिन जानुहुन्छ यसको कारणले गर्दा रोग समयमै पहिचान नभई हातखुटाका औँलाहरू काट्नुपरेको अवस्था वा ज्यान गुमाउनुपरेको अवस्था नआएको होइन ।

बाथरोग हुने कारणहरूको कुरा गर्दा बाथरोग आइटो इम्युन डिजिज (रोग) हो । आफ्नो शरीरमा बन्ने एन्टीबडीले शरीरलाई नचिनेर पु¥याउन जाने हानिको फलस्वरूप उत्पन्न हुने रोग हो । हुनत विभिन्न इन्फेक्सनहरू वातावरण, खानपान, वंशाणुगत कारणले पनि बाथरोग आउन सक्छ । बाथरोगको रोकथामभन्दा पनि बाथरोगको रोग सही समयमा पहिचान भयो भने रोगको विकराल रूप नलिने र उपचारमा पनि सहजता आउने हुन्छ ।

प्रायःजसो बिरामीहरू बाथरोगको चिकित्सककोमा आउँदा धेरै ढिला भएको पाइन्छ । नेपालमा एउटा डाक्टरले अर्को डाक्टरलाई रिफर गर्ने बानीको कमीले गर्दा सम्बन्धित रोगका बिरामीहरू सम्बन्धित चिकित्सककोमा नपुगेको कुरा सबैमा जगजायर नै छ । तसर्थ हामी सबैले समयमा बिरामी रिफर गरेको खण्डमा बिरामीले सही उपचार पाउने र बिरामीको खर्च पनि कम हुने देखिन्छ । बाथरोगको पहिचान गर्नलाई रगतचाँच, एक्सरे, सिटीस्यान, विभिन्न विधिहरू अपनाउन सकिन्छ तर, बाथरोगमा गरिने रगत जाँचहरू महँगा भएका कारणले निम्नवर्गीय परिवारलाई अस्पताल नआउने र जाँच नगर्ने हुनाले रोग अझ बढेर जान सक्छ ।

बाथका कतिपय जाँचहरू हाम्रो देशमा नहुने भएकाले छिमेकी मुलुकमा पठाउन बाध्य छौँ । बाथरोगका बिरामीले लामो समय औषधि खानुपर्ने हुनाले सरकारी स्तरबाट यदि केही राहत प्रदान गरेमा गरिब दुःखी जनताहरूले बाथको जाँच र औषधि खान सहज हुने थियो । तसर्थ सरकारले यसमा ध्यान पुराउन जरुरी देखिन्छ ।
(लेखक : ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ फिजिसियन तथा बाथरोग विशेषज्ञ हुनुहुन्छ ।)

प्रतिक्रिया